काठमाडौं । चितवनमा रास्वपा सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच आमुन्नेसामुन्ने भएको छ।
बुधबार प्रहरीले चितवनमा प्रदर्शनरत राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका कार्यकर्तामाथि बल प्रयोग गरी प्रदर्शन नियन्त्रण गर्न टियर ग्यास र पानीको फोहोरा प्रहार गरेको हो ।
चौविसकोटीबाट आइरहेको जुलुसलाई प्रहरीले रोक्न खोज्दा दुईपक्षीय भिडन्त भएको हो ।
प्रहरी कार्यालय नजिकै रहेको सरकारी वकिल कार्यालयमा सभापति रवि लामिछानेको बयान चलिरहँदा उनको समर्थनमा प्रदर्शन भएको हो ।


