शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘एक्टर’ माघ ५ गतेदेखि प्रदर्शनमा आउने

एक्सप्रेस पाना
मंसिर २१, २०८१ शुक्रबार
  • 209
    SHARES
  • चलचित्र ‘एक्टर’ माघ ५ गतेदेखि प्रदर्शनमा आउने

    काठमाडौं । नेपाली चलचित्र ‘एक्टर’ आगामी माघ ५ गतेदेखि देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।

    images

    आधुनिक परिवेश, प्रेम, रोमान्स, सस्पेन्स, थ्रिलर शैलीको ‘एक्टर’ मा प्रिन्स थापा, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल, सरोज खनाल, शिबु शाह, निशा केसी भण्डारी, महेन्द्र मैनाली लगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।

    मनोहरी थापा निर्माता रहेको चलचित्रमा सम्राट बस्नेतको द्वन्द, माइकल चन्दको नृत्य, युवराज राई र डम्बर राईको छायाँकन तथा मदन घिमिरेको निर्देशन रहेको छ । नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको प्रस्तुति रहेको एक्टर अभिनेता प्रिन्स थापाको डेब्यु फिल्म हो ।

    images

  • सम्बन्धित विषय:

  • # ‘एक्टर’