शनिबार, भाद्र २७ गते २०८३
images

पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ

एक्सप्रेस पाना
मंसिर २८, २०८१ शुक्रबार
  • 325
    SHARES
  • पुष्पा २ का अभिनेता अल्लु अर्जुन पक्राउ

    काठमाडौं । हैदराबादको सन्ध्या थिएटरमा ४ डिसेम्बरमा भएको भागदौडमा महिलाको मृत्युको घटनामा संलग्न रहेको आरोपमा तेलुगु फिल्म उद्योगका सुपरस्टार अल्लु अर्जुनलाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    अल्लु अर्जुन अभिनित ’पुष्पा २ः द रुल’ को प्रिमियर शोका क्रममा घटना भएको थियो ।

    अनियन्त्रित भीडका कारण भागदौड मच्चिएपछि ३५ वर्षीय रेवतीको मृत्यु भएको र उनका ९ वर्षीय छोरा श्री तेजा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

    images

    चक्कडपल्ली प्रहरी चौकीको टोलीले अल्लु अर्जुनलाई शुक्रबार बिहान जुबिली हिल्सस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो । उनलाई प्रहरी चौकीमा लगेर घटनाबारे सोधपुछ गरिने प्रहरीले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # अल्लु अर्जुन
  • # पुष्पा २