काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्समाथि काठमाडौं गुर्खाजले फराकिलो जित निकालेको छ ।
शनिबार भएको पहिलो खेलमा काठमाडौंले पोखरालाई ६ विकेटले पराजित गरेको हो । १३९ रनको लक्ष्य पछाएको काठमाडौंले १४.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
काठमाडौंका लागि स्टिफन एस्किनाजी ६० रन बनाउँदा माइकल लेभिटले ३२ र भीम सार्कीले २२ रन बनाए ।
पोखराका लागि विपिन खत्री र माइकल लिस्कले १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १३८ रन बनाएको थियो ।
पोखराका लागि रेमन रेफरले ४१ रन बनाए भने दिनेश खरेलले ३८ रन बनाए। दिलिप नाथले २७ र माइकल लिस्कले २३ रन जोडे ।
काठमाडौंका लागि भने राशिद खान र करण केसीले ३–३ विकेट लिए । माइकल लेभिट र गेर्हार्ड इरास्मसले १–१ विकेट लिए ।
.jpg)


