सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमालेलाई जग्गा दान दिने मीनबहादुर गुरुङविरुद्ध दायर भएको रिट सर्वोच्चद्वारा खारेज

एक्सप्रेस पाना
पौष १, २०८१ सोमबार
  • 234
    SHARES
  • एमालेलाई जग्गा दान दिने मीनबहादुर गुरुङविरुद्ध दायर भएको रिट सर्वोच्चद्वारा खारेज

    काठमाडौं । सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङको निर्णयविरुद्धको रिट खारेज गरिदिएको छ 

    images

    सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले नेकपा (एमाले)लाई दान दिने जग्गा विरुद्ध दायर भएको रिट निवेदनलाई खारेज गरिदिएको हो । 

    रिट निवेदक अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट खारेज भएको पुष्टि गरेका हुन् ।

    images

    गत २५ असोजमा भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमालेको पार्टी कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गरेका थिए । गुरुङले नै भवन निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गरी शिलान्यास नै गरिएको थियो । गुरुङले कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरको जग्गा दान दिएका हुन् ।

  • सम्बन्धित विषय:

  • # मीनबहादुर गुरुङ
  • # जग्गा दान