सोमबार, कार्तिक १७ गते २०८३
images
images

रवि लामिछानेको हिरासत भित्रको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 229
    SHARES
  • रवि लामिछानेको हिरासत भित्रको फोटो खिचेर सार्वजनिक गर्ने डा.निकोलस भुसाल पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत भित्रको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा डा. निकोलस भुसाल पक्राउ परेका छन् ।

    images

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई आइतबार साँझ काठमाडौँको थलीबाट पक्राउ गरेको हो ।

    भुसालले प्रहरीको सिसिटिभीमा देखिएको लामिछानेको तस्बिर खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्वीकार गरेका छन् ।

    images

    गत शनिबार लामिछानेलाई भेट्न जाने क्रममा प्रहरीकै सिसिटिभीमा सुतिरहेको देखेपछि आफूले तस्बिर खिचेको बताएका थिए । 

    फोटो सार्वजनिक भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको छानबिन गर्न निर्देशन दिएका थिए । त्यसपछि कास्की प्रहरीले विज्ञप्ति जारी गर्दै भुसालको कदमले साइबर कानुनको उल्लंघन गरेको जनाएको थियो । 

  • सम्बन्धित विषय:

  • # डा.निकोलस भुसाल