सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 294
    SHARES
  • आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको १०१औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    images

    नेपाली कांग्रेस, यसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रमका साथ सन्तनेताको स्मरण गर्दै छन् ।

    वि.सं १९८१ साल पुस ८ गते भारतको बनारसमा जन्मिएका भट्टराईको वि.सं २०६७ साल फागुन २० गते निधन भएको थियो।

    images

    राजनीतिमा निष्ठा र मूल्य मान्यताप्रतिको प्रतिवद्धताकै कारण उनी पञ्चायती शासन व्यवस्थामा १४ वर्ष जेल जीवन विताएका थिए । भट्टराईले २०४७ सालको संविधान निर्माण र कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

    विसं २०४७ साल वैशाख ६ गते गठित अन्तरिम सरकार र २०५६ सालको निर्वाचनपछि नेपाली काँग्रेसले बहुमत ल्याएपछि गरी उनले दुई पटक प्रधानमन्त्रीको रुपमा मुलुकलाई नेतृत्व प्रदान गरे ।

    उनले २००७ सालको राणा विरोधी आन्दोलन, २०४६ सालको जनआन्दोलनलगायत मुलुकको महत्वपूर्ण परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # सन्तनेता कृष्णप्रसाद भट्टराई