मंगलबार, भाद्र २३ गते २०८३
images

पार्टी व्यवस्थापन नै कांग्रेसका लागि मूल चुनौती हो:प्रकाशमान सिंह

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 276
    SHARES
  • पार्टी व्यवस्थापन नै कांग्रेसका लागि मूल चुनौती हो:प्रकाशमान सिंह

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चुनौती रहेको बताएका छन् ।

    images

    सोमबार नेपाली कांग्रेसको सय दिने विशेष काठमाडौंँ महानगर समितिले क्षेत्रपार्टीमा आयोजना गरेको महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल रहेको बताएका हुन् । उनले हरेक क्रियाशील सदस्यलाई पार्टीको गतिविधिमा संलग्न गराउनुपर्नेमा जोड दिए ।

    उनले भने,"अहिले कांग्रेसका लागि पार्टीलाई व्यवस्थापन गर्न सक्ने कि नसक्ने भन्ने मुख्य सवाल हो, क्रियाशील सदस्यको सङ्ख्या धेरै छ । तर, क्रियाशील सदस्यलाई सदस्यताको महत्त्व बुझाउन जरुरी छ ।"

    images

    काठमाडौँवासीले भोगेका पिर मर्का र समस्या समाधान गर्नतर्फ लाग्न नेता सिंहले काठमाडौँ महानगर समितिलाई आग्रह गरे। एक सय दिने विशेष अभियानले पार्टी सङ्गठन सुदृढीकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • # कांग्रेस