मंगलबार, भाद्र २३ गते २०८३
images

रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुखसमक्ष रास्वपाको आग्रह

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 423
    SHARES
  • रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुखसमक्ष रास्वपाको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूले सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन नगर्न सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।

    images

    सोमबार रास्वपा प्रमुख सचेतक सन्तोष परियार, सोविता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर निलम्बन नगर्न आग्रह गरेका हुन् । 

    आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि प्रहरीले लामिछानेको सांसद पद निलम्बन गर्न माग गर्दै सभामुखलाई पत्र लेखेको थियो ।

    images

    पत्रपछि सभामुखले संसद सचिवालयका महासचिव र प्रवक्तासँग छलफल गरिरहेका बेला सोमबार रास्वपाका नेताहरू सिंहदरबार पुगेका हुन् ।

    मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनको सांसद पद निलम्बनको माग कास्की जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा पनि गरिएको छ ।

    लामिछानेको सांसद पद निलम्बन भएमा पार्टीको सभापति कसलाई बनाउने भन्ने बिषय पनि यति बृला चर्चामा आएको छ । यिनै बिषय लगायत समसामयी बिषयमा छलफल गर्न रास्वपाले आज आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

     

  • सम्बन्धित विषय:

  • # रास्वपा