सोमबार, कार्तिक १७ गते २०८३
images
images

पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन:डा.रामवरण यादव

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 295
    SHARES
  • पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन:डा.रामवरण यादव

    काठमाडौं । प्रथम राष्ट्रपति डा.रामवरण यादवले पत्रकारिताको पेसागत व्यावसायिक मर्यादा र गरिमालाई कायम राख्न पत्रकारले आफ्नो धर्म र नैतिक इमान्दारितालाई अक्षुण्ण राख्न सक्नुपर्ने बताएका छन् ।

    images

    सोमबार नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेशको तेस्रो पद हस्तान्तरण कार्यक्रमका अवसरमा आयोजित ‘पत्रकार भइरहन कति सहज ?’ विषयक अन्तरक्रियामा बोल्दै उनले पत्रकारिताको धर्म र नैतिकतालाई व्यवस्थित गरेर लैजान सकेको खण्डमा सिङ्गो पत्रकारिताको माध्यमबाट लोकतन्त्र र प्रजातन्त्र सुदृढ हुने बताएका हुन् । उनले पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्न नहुने बताए । 

    उनले भने, “पत्रकारले आफ्नो व्यावसायिक धर्म छाड्नु हुँदैन । नकि पत्रकार, चिकित्सक, वकिल र राजनीतिकर्मी सबै आफू जहाँ छौँ आ–आफ्नो धर्म निर्वाह गर्नुपर्छ यसबाटै देश र समाजको बृहत्तर हित हुन्छ”, “आजको दुनियाँमा नैतिकताको ह्रास भइरहेको छ । यस्तो बेलामा पत्रकारको आफ्नो धर्म छ । तपाईंहरू जहाँ हुनुहुन्छ । व्यावसायिक धर्म नछोड्नुस् ।”

    images

    पत्रकार देश र समाजको प्रतिनिधित्व गर्ने वर्ग भएकाले पेसागत दायित्व र नैतिक इमान्दारिता कायम गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । 

  • सम्बन्धित विषय:

  • # डा.रामवरण यादव