सोमबार, कार्तिक १७ गते २०८३
images
images

रविको हिरासत भित्रको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा.निकोलस भुसाल रिहा

एक्सप्रेस पाना
पौष ८, २०८१ सोमबार
  • 345
    SHARES
  • रविको हिरासत भित्रको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा.निकोलस भुसाल रिहा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासत भित्रको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका डा.निकोलस भुसाल रिहा भएका छन् ।

    images

    भुसाललाई सोमबार  जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । तर अदालतले म्याद थपको अनुमति दिएन । जिल्ला प्रहरी कार्यालय कास्कीले  बाहिरबाटै अनुसन्धान गर्ने गरी उनलाई छाडेको  सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

    आइतबार राति काठमाडौंको थलीबाट पक्राउ परेका उनलाई सोमबार नै कास्की लगिएको थियो ।

    images

    गत बुधबार रातिदेखि रवि हिरासत कक्षमा सुतिरहेको सीसीटीभी फुटेजको फोटो भाइरल भएपछि बिहीबार भुसालले सामाजिक सञ्जालबाट तस्बिर आफूले खिचेको दाबी गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # डा.निकोलस भुसाल