काठमाडौं । भारतीय चर्चित गायक सोनु निगमले पशुपतिनाथको दर्शन गरेका छन् ।
उनले बुधवार क्रिसमसका अवसरमा हायात होटलमा ‘सोनु निगम लाइभ इन नेपाल’ मा १२००० दर्शक को अगाडी प्रस्तुति दिएका थिए ।
सोनु निगमले नेपालमा पहिलो पटक प्रस्तुति दिएका हुन् । उनी त्यसकै लागि बुधवार नै नेपाल आएका थिए ।





