आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

एक्सप्रेस पाना
पौष १५, २०८१ सोमबार
  • 378
    SHARES
  • अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन

    काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । 

    images

    उनको फाउन्डेसन कार्टर सेन्टरले जारी गरेको विज्ञप्ति अनुसार पूर्वराष्ट्रपति कार्टरको आइतबार जर्जियास्थित आफ्नै घरमा निधन भएको हो।

    कार्टर सन् १९७७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए । उनी सबैभन्दा लामो उमेरसम्म जीवित रहने अमेरिकी पूर्वराष्ट्रपति पनि हुन् ।

    images

    जर्जियास्थित आफ्नो घरमा कार्टरले आइतबार अन्तिम स्वास लिएका कार्टर सेन्टरले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्टरको निधनमा शोक व्यक्त गरेका छन् । ’आज अमेरिका र दुनियाले एक असाधारण नेता, राजनेता र मानवतावादी गुमाएको छ,’ बाइडेनले भनेका छन् ।

    नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि कार्टरलाई श्रद्धाञ्जली व्यक्त गरेका छन् । ’हाम्रो देशको लागि महत्त्वपूर्ण समयमा जिमीले राष्ट्रपतिको रूपमा चुनौतीहरूको सामना गरेका थिए । र, अमेरिकीहरूको जीवनलाई राम्रो बनाउन मेहनत गरेका थिए,’ ट्रम्पले भनेका छन् ।

    राष्ट्रपतिको कार्यकालपछि कार्टर मानवअधिकार, शान्ति स्थापना र विकासका क्षेत्रमा क्रियाशील रहे । सोही कारण उनले सन् २००२ मा नोबेल शान्ति पुरस्कार पनि प्राप्त गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # जिमी कार्टर