काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबै भन्दा बढि पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकारमहासंघका नवनिर्वाचित पदाधीकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले एकले अर्कोलाई दोष लगाउने खेलहरु भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहको बताएका हुन् । उनले शासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन् तबसम्म सुशासन कायम नहुने बताए ।
उनले भने, "हामीले धेरै ब्लेम गेमहरु गर्यौं । एकले अर्कोलाई दोष लगाउने । अर्कोले अर्कोलाई दोष लगाउने । जब सत्ताभन्दा बाहिर गयो सबै भन्दा बढि पवित्र हुने सत्तामा हुँदा जो भएपनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ । त्यसलाई एउटा निश्चीत मापदण्ड बनाउ भ्रष्टाचार नियन्त्रणको लागि ।’ ‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौं, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो । जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन् तबसम्म सुशासन कायम हुन्दैन् ।"
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिले निर्णायक, स्टेक होल्डरका रुपमा अग्र मोर्चामा उभिएको शक्ति भनेकै नेपालका पत्रकारहरु रहेको बताए । मिडिया क्षेत्रलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि श्रमजीवि पत्रकारहरुको हकका लागि काम गर्न महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनको भनाई छ ।
.jpg)


