काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ।
चिनियाँ समाचार संस्था सीजीटीएनका अनुसार मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।
नेपाल–चीन सीमाना तिब्बतको दिंगे कान्टीमा केन्द्रविन्दु भएर मंगलबार बिहान ६ बजेर ५० मिनेटमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेशका भू–भागमा पनि भुकम्पको धक्का महसुस भएको थियो । भूकम्पको धक्का २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको थियो ।
.jpg)


