बुधबार, भाद्र २४ गते २०८३
images

चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो,१८८ जना घाइते

एक्सप्रेस पाना
पौष २४, २०८१ बुधबार
  • 442
    SHARES
  • चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुग्यो,१८८ जना घाइते

    काठमाडौं । चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

    images

    चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार मंगलबार बिहान गएको भूकम्पमा परी १२६ जनाले ज्यान गुमाएका छन् भने १८८ जना घाइते भएका छन् ।

    समाचारअनुसार भूकम्पले सयौं भवन भत्किएका छन् । मंगलबार बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । 

    images

    नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

    भूकम्पको धक्का नेपाल, भारत र भुटानका विभिन्न ठाउँमा पनि महसूस भएको थियो ।
     

  • सम्बन्धित विषय:

  • # भूकम्प
  • # चीन भूकम्प