काठमाडौं । चीनमा बुधबार पुन भुकम्प गएको छ ।
चिनियाँ सञ्चार माध्यम सीजीटीएनका अनुसार बुधबार दिउँसो ५.५ म्याग्निच्युडको भूकम्प गएको हो । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको माडुओ काउन्टीमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सीईएनसी)ले जनाएको छ ।
मंगलबार तिब्बतमा गएको शक्तिशाली भूकम्पमा परेर हालसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जनाघा इते भएका छन् ।


