आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकाको लस एन्जलसमा लागेको आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो

एक्सप्रेस पाना
माघ १, २०८१ मंगलबार
  • 364
    SHARES
  • अमेरिकाको लस एन्जलसमा लागेको आगलागीमा मृत्यु हुनेको संख्या २४ पुग्यो

    काठमाडौं । अमेरिकाको लस एन्जलस क्षेत्रमा लागेको आगलागीमा मृत्यु हुनेको संख्या २४ पुगेको छ । आगो अझै पनि नियन्त्रणमा आउन सकेको छैन । 

    images

    प्यालिसेड्सको पहाडी क्षेत्रबाट सुरु भएको आगो इटन र हर्स्ट क्षेत्रका बस्तीमा फैलिएको छ ।

    सबैभन्दा धेरै प्रभावित क्षेत्रको पहिलो नम्बरमा प्यालिसेड्स छ । प्यालिसेड्सको २३ एकडभन्दा बढी क्षेत्रमा आगो फैलिएको र जम्मा १४ प्रतिशत हिस्सामामात्र आगो नियन्त्रणमा सफलता मिलेको बीबीसीले जनाएको छ । आगो निभाउन पाँच हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ । 

    images

    अमेरिकी राष्ट्रपति जो बाइडनले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

     

     

  • सम्बन्धित विषय:

  • # लस एन्जलस
  • # आगलागी