काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि झापामा भएको आक्रमणको घोर निन्दा र भत्सर्ना गरेको छ ।
आइतबार कांग्रेसले विज्ञप्ती जारी गर्दै भनेको छ,"नेपाली कांग्रेस कोसी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्वमुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ,”
नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक थापामाथि आक्रमण भएको थियो । उनको निधारमा चोट लागेको छ ।
कांग्रेसले थापाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको यथार्थ छानविन गरेर अराजक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कडा कानूनी कारवाहीका लागि सरकारसँग माग गरेको छ ।

.jpg)


