सोमबार, कार्तिक १७ गते २०८३
images
images

क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन्:रामवरण यादब

एक्सप्रेस पाना
माघ ७, २०८१ सोमबार
  • 208
    SHARES
  • क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन्:रामवरण यादब

    काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादबले नेपाल पछिल्लो समय क्रिकेटमा उदाउँदै गइरहेको बताएका छन् ।

    images

    सोमबार ‘अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० जय नेपाल कप’ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाली क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेको बताएका हुन् ।

    उनले भने, ‘पछिल्लो दुई दशकदेखि नेपालले क्रिकेटको क्षेत्रमा उदाउँदै गरेको देशको पहिचान, आस्था स्थापित गर्न सफल भएको छ । क्रिकेटले मानिसहरुको संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधताले जोड्ने कडिको रुपमा काम गर्न सहज गरेको छ ।’

    images

    उनले क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध बनाउन मद्दत पुर्याएको बताए । क्रिकेटले देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास उनले लिए ।

     

  • सम्बन्धित विषय:

  • # रामवरण यादब