बुधबार, भाद्र २४ गते २०८३
images

शपथ पछि ट्रम्पले गरेका महत्वपूर्ण निर्णयहरु

एक्सप्रेस पाना
माघ ८, २०८१ मंगलबार
  • 269
    SHARES
  • शपथ पछि ट्रम्पले गरेका महत्वपूर्ण निर्णयहरु

    काठमाडौं । डोनाल्ड ट्रम्पले चार वर्षपछि ह्वाइट हाउसमा फर्किएर आफ्नो दोस्रो कार्यकालको सुरुवात गरेका छन् । 

    images

    त्यसक्रममा उनले विभिन्न दस्तावेजहरुमा हस्ताक्षर गरेका छन् भने केही आदेश समेत जारी गरेका छन् ।
    सोमबार राति अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै उनले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने समेत घोषणा गरेका छन् । वाशिंगटन डीसीमा चिसो मौसमको कारण उनको उद्घाटन समारोह घरभित्र आयोजना गरिएको थियो ।

    ट्रम्पलाई प्रधानन्यायाधीश जोन रोबट्र्सले सपथ गराएका हुन् । शपथपछि उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरको छन् । त्यसैगरी ट्रम्पले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहररुलाई उल्टाइ दिए भने पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे ।

    images

    त्यस्तै उनले सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने, दक्षिणी सिमानामा ‘राष्ट्रिय सङ्कटकाल’को घोषणा, टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक प्रक्रिया अघि बढाउने घोषणा गरे ।

    राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिने निर्णय पनि गरेका छन् ।

    उनले तेल र ग्यासको उत्पादन बढाउने पनि घोषणा गरेका छन् । ट्रम्पले सबैभन्दा बलियो सेना निर्माण गर्ने वाचा पनि गरेका छन् । राष्ट्रपतिले मेक्सिकोको खाडीको नाम बदलेर गल्फ अफ अमेरिका राख्ने र पनामा नहर फिर्ता लिने कुरा दोहोर्याएका छन् । ट्रम्पको सपथ ग्रहण हुनुभन्दा केहीबेर अघि जेडी भान्सले उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए । 

  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प
  • # शपथ