मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत

एक्सप्रेस पाना
माघ ९, २०८१ बुधबार
  • 268
    SHARES
  • कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत

    काठमाडौं । नेपाली कांग्रेसको प्रदेश समन्वय विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन् । 

    images

    बुधबार सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९)बमोजिम पार्टीका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेका नेपाली कांग्रेस प्रदेश समन्वय विभागको सदस्यमा १० जना सदस्यहरू मनोनीत गरेका हुन् । 

    मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी गरिएको विज्ञप्ती अनुसार मनोनयन हुने सदस्यहरूमा कृष्णबहादुर के.सी. (कास्की), सुमित्रा खनाल (नवलपुर), विजय भुसाल (चितवन), राधेश्याम पाठक (नवलपरासी), ब्रह्मप्रकाश रौनियार (सुनसरी), मेघनाथ यादव (धनुषा), झनकराज तिमिल्सिना (कैलाली), भीमबहादुर शाही, (कालिकोट), जीतबहादुर लामा (काभ्रेपलाञ्चोक) र सन्तोष कोइराला परियार (नवलपुर) रहेका छन् ।

    images

    Magh 09, Member nomination_Province Coordination Department.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस