काठमाडौं । भारतको महाराष्ट्रमा रेलले किचेर मृत्यु हुने नेपालीको संख्या ७ पुगेको छ ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ती अनुसार निधन भएका नेपालीहरूमा कैलालीकी कमला नवीन भण्डारी र लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी, बाँकेका राधेश्याम राध रहेका छन् ।
त्यस्तै दुर्घटनामा चार जना नेपाली घाइते भएका छन् । घाइते भएका ४ जना नेपालीहरूमध्ये ३ जनाको स्थानीय अस्पताल र गम्भीर घाइते भएका १ जनाको गोदावरी अस्पतालमा उपचार भइरहेको परराष्ट्रले जनाएको छ ।
मन्त्रालयले दुर्घटनामा मृत्यु भएका नेपालीहरूको शव नेपाल ल्याउन तथा घाइतेहरूको शीघ्र उपचार गर्नका लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायहरूसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।
.jpg)


