सोमबार, कार्तिक १७ गते २०८३
images
images

कांग्रेस संसदीय दलको बैठक बस्दै

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 245
    SHARES
  • कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । 

    images

    आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा संसद्को हिउँदे अधिवेशन र अध्यादेशलगायतका विषयमा छलफल हुने बताइएको छ ।

    बैठक दुई दिन चल्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

    images

    यसअघि शनिबार बसेको कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीबाट बनेका मन्त्रीहरूको बैठकले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको थियो ।

    आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।