मंगलबार, भाद्र २३ गते २०८३
images

रास्वपाले बोलायो सचिवालय बैठक

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 258
    SHARES
  • रास्वपाले बोलायो सचिवालय बैठक

     काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।

    images

    बैठक सोमबार बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थली, काठमाडौँमा बस्नेगरी बोलाइएको हो । 

    बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि,विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, विभाग नियमावली २०८१) मा छलफल हुने बताइएको छ । 

    images

    बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # रास्वपा