मंगलबार, भाद्र २३ गते २०८३
images

रवि लामिछानेलाई एक करोड धरौटीमा छोड्न जिल्ला अदालत रुपन्देहीको आदेश

एक्सप्रेस पाना
माघ १३, २०८१ आइतबार
  • 281
    SHARES
  • रवि लामिछानेलाई एक करोड धरौटीमा छोड्न जिल्ला अदालत रुपन्देहीको आदेश

    काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा छोड्न आदेश दिएको छ ।

    images

    न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा छोड्न आदेश दिएको हो। बिहिबारदेखि शुरु भएको थुनछेक बहस आज सकिएपछि उनलाई न्यायाधीश योगीले धरौटीमा छोड्न आदेश दिएका हुन् । 

    यसअघि, रवि लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा रिहा गरेको थियो भने कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

    images

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने