सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

एक्सप्रेस पाना
माघ १४, २०८१ सोमबार
  • 210
    SHARES
  • नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन् । 

    images

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमबार बिहान तेह्रथुम पुगेका हुन् । 

    विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्ड  झाकी तथा बाजाले स्वागत गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन् ।

    images

    चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डले अवगत गराएका थिए । यसैगरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुमको लालीगुराँस २ चोःलुङ पार्क तथा संग्रहालयकोको अवलोकन गरेका छन् । 

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

    आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति संग्रहालय भवनको शिलान्यास गर्ने तय भएको नेकपा माओवादी केन्द्र तेह्रथुमले जनाएको छ ।

    आज विभिन्न कार्यक्रममा  सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौं फर्किने उनको सचिवालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल