काठमाडौं । डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकी न्याय विभागका १२ अधिकारीलाई बर्खास्त गरेको छ।
यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए । कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको न्याय विभागका एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम नहुने ठानेर उनीहरूलाई बर्खास्त गरिएको उल्लेख गरिएको छ ।
यसैबीच ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ ।
यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन् ।


