मंगलबार, भाद्र २३ गते २०८३
images

भोटेकोशी बाढीपछि चीनको सहयोग:५० टन राहतसहित उद्धार विशेषज्ञ नेपाल आइपुगे

एक्सप्रेस पाना
भाद्र १४, २०८३ आइतबार
  • 251
    SHARES
  • भोटेकोशी बाढीपछि चीनको सहयोग:५० टन राहतसहित उद्धार विशेषज्ञ नेपाल आइपुगे

    काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । 

    images

    ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

    विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्।

    images

    नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझ्नुका साथै नेपाल आएको टोलीलाई स्वागत गरेका थिए । 

    सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी पनि विमानस्थल पुगेका थिए ।

    चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुई विमानले ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याएको हो । जसमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # भोटेकोशी बाढी