आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतको महाकुम्भ मेलामा भागदौड हुदाँ १५ जनाको मृत्यु

एक्सप्रेस पाना
माघ १६, २०८१ बुधबार
  • 370
    SHARES
  • भारतको महाकुम्भ मेलामा भागदौड हुदाँ १५ जनाको मृत्यु

    काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भमा भागदौड हुदाँ कम्तिमा १५ जनाको मृत्यु भएको छ । 

    images

    भारतिय सञ्चार माध्यम हिन्दुस्थान टाइम्सका अनुसार मंगलबारराति भएको भागदौडमा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ भने केहीलाई अचेत अवस्थामा अस्पताल लगिएको छ । 

    दर्जनौं एम्बुलेन्स पुगेर घाइतेलाई मेला मैदानभित्रको केन्द्रीय अस्पतालमा उपचारका लागि लगिएको उल्लेख गरिएको छ । 

    images

    घटनाको प्रधानमन्त्री नरेन्द्र मोदीले नजिकबाट अनुगमन गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # महाकुम्भ