बुधबार, भाद्र २४ गते २०८३
images

क्यारिबियनमा ७.६ म्याग्निच्युडको भूकम्प

एक्सप्रेस पाना
माघ २७, २०८१ आइतबार
  • 313
    SHARES
  • क्यारिबियनमा ७.६ म्याग्निच्युडको भूकम्प

    काठमाडौं । केम्यान टापुको दक्षिणमा रहेको क्यारिबियन सागरमा शनिबार ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । 

    images

    स्थानीय समय अनुसार शनिबार साँझ ६ बजेर २३ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो तर पछि हटाइएको छ।

    अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार भूकम्प कम गहिराइमा गएको थियो । उपलब्ध सबै तथ्याङ्कका आधारमा यस भूकम्पबाट सुनामीको खतरा टरेको र थप कुनै खतरा नभएको अमेरिकी प्रशान्त सुनामी चेतावनी केन्द्रले जनाएको छ । 

    images

    यसअघि सुनामी चेतावनी प्रणालीले क्युबाका केही तटीय क्षेत्रमा करिब १० फिट (तीन मिटर) सम्मका छालहरू आउन सक्ने र होन्डुरस र क्यामन आइल्यान्डमा तीन फिटसम्मका छालहरू आउन सक्ने बताएको थियो ।

     

     

  • सम्बन्धित विषय:

  • # भूकम्प