सोमबार, कार्तिक १७ गते २०८३
images
images

भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औँ स्थानमा

एक्सप्रेस पाना
माघ २९, २०८१ मंगलबार
  • 231
    SHARES
  • भ्रष्टाचार सूचकांकमा नेपाल १०७ औँ स्थानमा

    काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआईएन)ले भ्रष्टाचार अवधारणा सूचकांक–२०२४ सार्वजनिक गरेको छ।

    images

    मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टीआईएनले भ्रष्टाचार सूचकांकमा समेटिएका १८० देशको सूची सार्वजनिक गरेको हो। सूचीमा विश्वकै कम भ्रष्टाचार हुने देशमा डेनमार्क शीर्ष स्थानमा रहेको छभने दोस्रो स्थानमा  फिनल्यान्ड रहेको छ। तेस्रोमा ८४ अंकका साथ सिंगापुर रहेको छ।

    विश्वकै सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा दक्षिण सुडान परेको छ। 

    images

    सर्वेक्षण गरिएका १८० देशमध्ये नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा रहेको छ। नेपालले १०० मा जम्मा ३४ अंक प्राप्त गरेको छ। गत वर्ष नेपालले यस्तो अंक ३५ पाएको थियो।

    छिमेकी मुलुक भारतले १०० अंकमा ३८ र चीनले ४३ अंक पाएका छन्।

    ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वमा विभिन्न संस्थाले गर्ने अध्ययनमा भ्रष्टाचार, सुशासन र घुसखोरीका बारेमा सोधिने प्रश्न र सर्वेक्षणलाई आधार बनाएर भ्रष्टाचार अवधारणा सूचकांक तयार गर्छ। विश्वका दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अंक प्राप्त गरेका छन्। सर्वेक्षण गरिएका १८० मुलुकको औसत अंक यस वर्ष ४३ कायम भएको छ।

    नेपालले प्राप्त गरेको नतिजाले भ्रष्टाचारविरुद्ध सरकारले अझै प्रभावकारी रणनीतिहरु तय गर्नुपर्ने देखिएको छ।

  • सम्बन्धित विषय:

  • # भ्रष्टाचार सूचकांक