काठमाडौं । प्रतिपक्ष दलले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठक प्रतिपक्षले अवरोध गरेपछी सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटलाई स्थगित गरेका हुन् ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै प्रतिपक्ष नेकपा माओवादी केन्द्र र रास्वपाले आपत्ति जनाएका थिए ।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइयो भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाएका थिए । उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको बताएपनि प्रतिपक्षी दलका सांसदहरूले बैठक अवरोध गरेका हुन् ।
.jpg)


