बुधबार, भाद्र २४ गते २०८३
images

चलचित्र ‘अञ्जिला’को टिजरमा फुटबल खेलाडीले गरेको संघर्ष र कप्तानसम्मको यात्रा

एक्सप्रेस पाना
माघ २९, २०८१ मंगलबार
  • 349
    SHARES
  • चलचित्र ‘अञ्जिला’को टिजरमा फुटबल खेलाडीले गरेको संघर्ष र कप्तानसम्मको यात्रा

    काठमाडौं । चलचित्र ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ । 

    images

    सार्वजनिक टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले गरेको संघर्ष र कप्तानसम्मको यात्रा देखाइएको छ ।

    टिजरमा एन्जिलासँगै अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना सुब्बालगायत कलाकार देखिएका छन् । दयाहाङ र सिर्जना एन्जिलाको आमा–बुवाको भूमिकामा छन् । 

    images

    टिजरमा पिता फुटबलको विपक्षमा र आमा पक्षमा देखिएका छन् । 

    मिलन चाम्सले निर्देशन गरेको चलचित्रमा एन्जिलासँगै दयाहाङ राई, सुनील थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायतको अभिनय छ । 

    मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्माता प्रेमकुमार श्रेष्ठ तथा सह–निर्माता टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया हुन् । 

    चलचित्रको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको बताइएको छ । यो चलचित्र फागुन २९ गते रिलिज हुने तयारीमा छ । 

  • सम्बन्धित विषय:

  • # दयाहाङ राई
  • # अञ्जिला’