सोमबार, कार्तिक १७ गते २०८३
images
images

नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्यु

एक्सप्रेस पाना
फाल्गुण ४, २०८१ आइतबार
  • 258
    SHARES
  • नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्यु

    काठमाडौं । नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड हुदाँ १८ जनाको मृत्यु भएको छ। 

    images

    शनिबार राति करिब साढे ९ बजेतिर नयाँ दिल्ली रेलवे स्टेशनमा भएको भागदौडमा परी १८ जनाको मृत्यु भएको छ भने २५ जना भन्दा बढी घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुमा उल्लेख छ। 

    स्टेशनमा महाकुम्भ मेलाका लागि प्रयागराज पुग्ने भक्तजनको ठुलो भीड लागेको थियो । 

    images

    ठूलो भीडका कारण निसास्सिएपछि अधिकांश मानिस बेहोस भएको त्यसलाई देखेर भागदौड मच्चिँदा मानिसको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले बताएका छन् ।  

    प्रत्यक्षदर्शीका अनुसार मगध एक्सप्रेस निर्धारित समयभन्दा अघि नै प्लेटफर्म नम्बर १५ मा आइपुगेपछि भागदौड भएको थियो । यात्रुहरूले जबरजस्ती विभिन्न डिब्बामा प्रवेश गर्ने प्रयास गरेपछि भागदौड मच्चिएको थियो ।

     

     

  • सम्बन्धित विषय:

  • # नयाँ दिल्ली