मंगलबार, भाद्र २३ गते २०८३
images

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवास्था बुझ्न कीर्तिपुर अस्पतालमा राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
फाल्गुण ४, २०८१ आइतबार
  • 226
    SHARES
  • अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवास्था बुझ्न कीर्तिपुर अस्पतालमा राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    images

    राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

    राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल र हरिप्रसाद मैनाली तथा अस्पतालका निर्देशक किरणकिशोर नकर्मीलगायत उपचारमा संलग्न चिकित्सकले मन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराएका थिए ।

    images

    उपप्रधानमन्त्री पौडेल र मेयर आचार्य पोखरामा शनिबार भएको एक कार्यक्रम उदघाटनका क्रममा भएको घटनामा परी आगो लागेर घाइते भई सो अस्पतालको आइसियुमा शनिबार भर्ना भएका छन् ।

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल