आइतबार, भाद्र २८ गते २०८३
images

भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण:होस्टेलबाट जबरजस्ती निकालिए नेपाली विद्यार्थी

एक्सप्रेस पाना
फाल्गुण ५, २०८१ सोमबार
  • 580
    SHARES
  • भारतमा नेपाली विद्यार्थी मृत्यु प्रकरण:होस्टेलबाट जबरजस्ती निकालिए नेपाली विद्यार्थी

    काठमाडौं । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीलाई कुटपिट गर्दै होस्टेलबाट निकालिएको छ।

    images

    मृत भेटिएकी नेपाली विद्यार्थी  प्रकृति लम्सालको छानबिनको माग गर्दा नेपाली विद्यार्थीलाई निष्काशित गरेको हो । 

    उक्त विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले होस्टलमा आत्महत्या गरेको विषयमा नेपाली विद्यार्थीहरूले उजुरी दिएपछि घटनाले उग्ररुप लिएको एएनआईले उल्लेख गरेको छ। 

    images

    नेपालका विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनसंग जानकारी माग्दा उचित जवाफ नपाएको भन्दै क्याम्पसमा विरोध प्रदर्शन थालेका थिए। लम्सालको मृत्यु शङ्कास्पद रहेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । 

    एएनआईका अनुसार आत्महत्या गरेकी लम्साल विश्वविद्यालयकै अर्का विद्यार्थीको प्रेम सम्बन्धमा रहेको पाइएको र आत्महत्याको कारण स्पष्ट नभए पनि, प्रेमसम्बन्धमा आएको खटपाट हुन सक्ने अनुमान गरिएको छ।   

  • सम्बन्धित विषय:

  • # केआईआईटी विश्वविद्यालय