आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाली विद्यार्थीलाई  दुर्व्यवहार गर्ने केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

एक्सप्रेस पाना
फाल्गुण ६, २०८१ मंगलबार
  • 348
    SHARES
  • नेपाली विद्यार्थीलाई  दुर्व्यवहार गर्ने केआईआईटीका दुई सुरक्षा कर्मचारी बर्खास्त

    काठमाडौं । भारतको ओडिसास्थित कालिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) छात्रावासका दुई सुरक्षा कर्मचारीलाई बर्खास्त गरिएको छ । 

    images

    विटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ पश्चात विरोध गर्ने नेपाली विद्यार्थीलाई  दुर्व्यवहार गरेपछि सुरक्षा अधिकारीलाई कारबाही गरिएको केआईआईटीका रजिष्टारले जारी गरेको सूचनामा जनाइएको छ।

    रजिष्टारका अनुसार दुई सिनियर होस्टल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई अनुसन्धानको लागि निलम्बन गरिएको छ ।

    images

    प्रकृति लम्सालको शंकास्पद मृत्यु लाई विश्वविद्यालयले आत्महत्या भनेको थियो । तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए । त्यस लगत्तै नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो । 

    आलोचना र दबाब बढ्दै जान थालेपछि उक्त घटनालाई लिएर आज प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

    WhatsApp_Image_2025-02-18_at_11_49_31_AM.jpeg

  • सम्बन्धित विषय:

  • # केआईआईटी