आइतबार, कार्तिक १६ गते २०८३
images
images

युएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सयभन्दा बढी बर्खास्त

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 401
    SHARES
  • युएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सयभन्दा बढी बर्खास्त

    काठमाडौं । अमेरिकाकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) का कर्मचारीहरूलाई लामो समयका लागि बिदामा पठाएको छ ।

    images

    मिडिया रिपोर्टका अनुसार युएसएडका ४२ सय कर्मचारीलाई बिदा दिइएको छ भने १६ सय कर्मचारीलाई बर्खास्त गरिएको छ । 

    ट्रम्प प्रशासनले सरकारी खर्च घटाउन एलन मस्कको सरकारी दक्षता विभाग (डोज) को योजना अन्तर्गत संघीय कर्मचारीहरूको संख्या घटाउने प्रयास गरिरहेको छ ।

    images

    संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएड) संयुक्त राज्य अमेरिका सरकारको एक स्वतन्त्र एजेन्सी हो । यो १९६१ मा तत्कालीन राष्ट्रपति जोन एफ केनेडीद्वारा स्थापित भएको थियो । यो एजेन्सीले नागरिक वैदेशिक सहायता र विकास सहायताको प्रशासनको निरीक्षण गर्दछ । यस संस्थाको उद्देश्य विश्वव्यापी स्वास्थ्य, आर्थिक विकास, प्रकोप र लोकतान्त्रिक सुधारका मुद्दाहरूमा काम गर्नु हो । यो एजेन्सी हाल १०० भन्दा बढी देशहरूमा सञ्चालनमा छ । 

  • सम्बन्धित विषय:

  • # युएसएड