मंगलबार, भाद्र २३ गते २०८३
images

कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनित

एक्सप्रेस पाना
फाल्गुण १२, २०८१ सोमबार
  • 268
    SHARES
  • कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनित

    काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागमा १० सदस्य मनोनयन गरिएको छ । 

    images

    सोमबार पार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख भएको नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका हुन् । 

    मनोनयन सदस्यहरुमा  गीता सत्याल (ललितपुर),उमा थापा(बाँके), विनोद यादव(महोत्तरी), रविन राई (मोरङ), डा. हेमराज लामिछाने (चितवन), पुरुषोत्तम नेपाल (काभ्रेपलाञ्चोक), राजु गुरूङ (गोरखा), बाबुकृष्ण सापकोटा (धादिङ), गोरख बहादुर सुनार (जुम्ला) र निर्प खड्का(कैलाली)बाट रहेका छन् । 

    images

    Falgun 12, Member nominated_Local Level Coordination department_Madhu Acharya.jpg

  • सम्बन्धित विषय:

  • # कांग्रेस