काठमाडौं । भारतको पश्चिम बंगालमा मंगलबार बिहान भूकम्प गएको छ।
आज बिहान ६ बजेर १० मिनेटमा बंगालको खाडी केन्द्रबिन्दु भएर ५.१ रेक्टर स्केलको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
भूकम्पको केन्द्रबिन्दु बंगालको खाडीमा ९१ किलोमिटर गहिराइमा थियो।
क्षतिको थप विवरण आएको छैन।


