मंगलबार, भाद्र २३ गते २०८३
images

स्वास्थ्यमा समान पहुँच र सेवाको गुणस्तरमा वृद्धि गर्न जरुरी छ:राष्ट्रपति पौडेल

एक्सप्रेस पाना
फाल्गुण २०, २०८१ मंगलबार
  • 331
    SHARES
  • स्वास्थ्यमा समान पहुँच र सेवाको गुणस्तरमा वृद्धि गर्न जरुरी छ:राष्ट्रपति पौडेल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

    images

    मंगलबार नेपाल चिकित्सक संघद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताएका हुन् । राष्ट्रपति पौडेलले संविधानको भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुपर्ने बताए । 

    उनले भने,‘संविधानको भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकहरूले पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नु हुनेछ भन्ने पनि विश्वास लिएको छु ।’

    images

    राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतान्त्रतात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता  संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकताको प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पारे । 

    उनले देशका दुरदराजहरूमा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको भन्दै यो अवस्थालाई गंभीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकहरूको सेवा पुर्‍याउन आवश्यक रहेको बताए । 

    उनले भने, ‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन म आह्वान पनि गर्दछु ।’

    राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको भन्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैंले अनुभव गरेको उल्लेख गरे । 

     

  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल