सोमबार, कार्तिक १७ गते २०८३
images
images

जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्‍नाम गरेको छ:मन्त्री गुरुङ

एक्सप्रेस पाना
फाल्गुण २१, २०८१ बुधबार
  • 246
    SHARES
  • जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्‍नाम गरेको छ:मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई बद्‍नाम गरेको बताएका छन् । 

    images

    बुधबार काठमाडौंमा आयोजित २६ औं यदु स्मृति दिवस तथा २३ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो भएको भन्दै यसले देशको आर्थिक र सामाजिक सबै क्षेत्रमा ठूलो प्रभाव पारेको बताएका हुन् । उनले जनयुद्धले गर्दा विकासमा पनि २५ वर्ष पछाडी परेको समेत बताए । 

    उनले भने, ‘म त जहिले पनि जनयुद्धको विरुद्धमा उभिरहेको छु । जनयुद्ध भनेको कम्युनिष्ट आन्दोलनलाई बद्नाम गर्ने एउटा आत्मघाती बाटो हो । हिंसा र विचारमा कुन प्रमुख हुन्छ भन्दा म जहिले पनि विचारको पक्षमा रहने मान्छे हो । धेरै जना माओवादीको आन्दोलनमा होमिए र धेरैले ज्यान पनि गुमाए, कम्युनिष्ट आन्दोलन बद्नाम भयो, खर्बौको सम्पत्ति नोक्सान भयो, आज जुन गाँउहरु रित्तो भएका छन् भन्ने कुरा आउछ यसको सुरुवात जनयुद्धबाट भएको हो । आर्थिक गतिविधिहरु अवरुद्ध भएको पनि त्यही बेला देखि हो । विकासमा पनि २५ वर्ष पछाडी पर्यौ जनयुद्धले गर्दा नै त्यसकारणले गर्दा यो माओवादी जनयुद्धबाट हामीले सिक्नु पर्ने कुरा के हो भन्दा कुनैपनि क्रान्तिको बाटो र विचार अर्काको नक्कल गरेर गर्नु हुदैँन् ।’

    images

    उनले माओवादीले जनयुद्ध बेचेर नै खाइसकेको भन्दै आज मुलुकको लागि माओवादीको सैद्धान्तिक आधार के हो त भन्दै प्रश्न गरेको छन् । 

    उनले भने, ‘हिंसा भन्ने शब्दबाट किन डराएर भागिरहेको छ माओवादी ?माओवाद भन्ने शब्दबाट किन डराएर भागिरहेको छ ? जनयुद्ध त उनीहरुले बेचेर नै खाइसके । के छ आज माओवादीको सैद्धान्तिक आधार जसले यो मुलुक बनाउन सक्छ । माओवादीले सेना नहुने र हतियार नबोक्ने पार्टी कम्युनिष्ट हुदैँन् भनेर एमाले कम्युनिष्ट होईन भन्ने गरेका थिए तर आज माओवादीसँग पनि सेना छैन उनीहरु कम्युनिष्ट होकी हैन् त ।’

    यस्तै, स्वतन्त्रता, एकता सबैलाई सुरक्षित राख्नको लागि र गलत क्रियाकलाप रोक्नको लागि सामाजिक सञ्जाल विधेयक आएको पनि उनको भनाई छ । 

  • सम्बन्धित विषय:

  • # पृथ्वी सुव्वा गुरुङ
  • # जनयुद्ध