सोमबार, कार्तिक १७ गते २०८३
images
images

अहिले प्राप्त भएको सुख,सुविधा तथा विकासमा ज्येष्ठ नागरिकहरूको ठुलो भूमिका छ:उपप्रमुख डंगोल

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 208
    SHARES
  • अहिले प्राप्त भएको सुख,सुविधा तथा विकासमा ज्येष्ठ नागरिकहरूको ठुलो भूमिका छ:उपप्रमुख डंगोल

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल र वडाअध्यक्ष दलबहादुर कार्कीले ज्येष्ठ नागरिकलाई सम्मान गरेका छन् । 

    images

    उनीहरुले सम्मान पत्रमा (मायाको चिनो) र ररुद्राक्षको मालाले ज्येष्ठ नागरिकलाई सम्मान गरेका हुन् । काठमाडौं महानगरपालिकाको वडा नं. ३० ले ४३७ जना वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

    उक्त सम्मान गर्दै उपप्रमुख डंगोलले, वरिष्ठ ज्येष्ठ नागरिकको सक्रियताबाट आफूलाई पनि उत्प्रेरणा मिलेको बताइन् । उनले ज्येष्ठ नागरिकले आफ्नो उर्जाशील उमेरमा सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिकलगायत विभिन्न क्षेत्रको विकासका लागि अनुकरणीय काम गरेको बताइन् । 

    images

    डङ्गोलले अहिले प्राप्त भएको सुख, सुविधा तथा विकासका लागि ज्येष्ठ नागरिकहरूको सक्रियताले ठुलो भूमिका खेलेको बताइन् । महानगरपालिकाले यस किसिमको सम्मान गरिरहने पनि डङ्गोलको भनाइ थियो ।

    वडा नं. ३० का अध्यक्ष दलबहादुर कार्कीले सबै उमेर, वर्ग र समुदायलाई समान दृष्टिले व्यवहार गर्ने महानगरपालिकाको नीतिअनुरुप ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको बताए । ‘युवाहरुको व्यक्तित्व तथा नेतृत्व विकासका लागि ज्येष्ठ नागरिकबाट ज्ञान र सिप लिन आवश्यक छ, कार्कीको भनाइ थियो ।

    ३० नं. वडाका सचिव देवराज जोशीले ७५ वर्षमाथिकालाई सम्मान गरिएको र अब ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने योजना पनि रहेको बताए ।
    ज्येष्ठ नागरिकहरुले, आफ्ना लागि सोच्ने सरकार रहेको महसुस भएको बताए । ज्येष्ठ नागरिकलाई सम्मान गर्नेले सबैलाई माया र सम्मान गर्ने ज्येष्ठ नागरिकहरुको भनाइ थियो ।

  • सम्बन्धित विषय:

  • # सुनिता डंगोल