सोमबार, कार्तिक १७ गते २०८३
images
images

गृह मन्त्रालयले गर्यो ७ सहसचिवको सरुवा

एक्सप्रेस पाना
फाल्गुण २२, २०८१ बिहीबार
  • 273
    SHARES
  • गृह मन्त्रालयले गर्यो ७ सहसचिवको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । 

    images

    प्रमुख जिल्ला अधिकारी (सिडियो) रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । 

    त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओकोरुपमा पुगेका छन् ।

    images

    त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । 

    Home(5).jpg

  • सम्बन्धित विषय:

  • # गृह मन्त्रालय
  • # सरुवा