सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौंमा सुरक्षाकर्मीको हाईअलर्ट,संवेदनशील क्षेत्रहरुमा कडा निगरानी

एक्सप्रेस पाना
फाल्गुण २५, २०८१ आइतबार
  • 219
    SHARES
  • काठमाडौंमा सुरक्षाकर्मीको हाईअलर्ट,संवेदनशील क्षेत्रहरुमा कडा निगरानी

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । 

    images

    उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको हो ।

    आइतबार बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए ।

    images

    उनले भने,‘आज पोखराबाट  पूर्व राजा आउँदै  हुनुहुन्छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला, महाराजगञ्ज लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरु परिचालन छन् । आवश्यकता अनुसार सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् । जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं ।’

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।