बुधबार, भाद्र २४ गते २०८३
images

पूर्वराजाको स्वागतका क्रममा जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले लगायो राप्रपालाई एक लाख जरिवाना

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 235
    SHARES
  • पूर्वराजाको स्वागतका क्रममा जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले लगायो राप्रपालाई एक लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रूपैयाँ जरिवाना लगाएको छ । 

    images

    आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना लगाएको हो । 

    वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

    images

    KMC(2).jpg

  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • # जरिवाना