बुधबार, कार्तिक १९ गते २०८३
images
images

२६ औं ‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि,करोड बढीको कारोबार हुने अपेक्षा

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 429
    SHARES
  • २६ औं ‘फ्लोरा एक्स्पो’ चैत्र १ गतेदेखि,करोड बढीको कारोबार हुने अपेक्षा

    काठमाडौं । फ्लोरिकल्चर एशोसिएसन नेपालले २६ औ संस्करणको पुष्प प्रदर्शनीको आयोजना गर्ने भएको छ । 

    images

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी एशोसिएसनले ‘स्वच्छ वातावरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ यहि चैत्र १ देखि ४ गतेसम्म २६ औं ‘फ्लोरा एक्स्पो’ काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने जानकार दिएको हो । 

    फ्लोरा एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरु सहित गरी जम्मा ८२ वटा स्टल रहने एशोसिएसनले जानकारी दिएको छ । 

    images

    एशोसिएसनका अनुसार मेलामा सहभागी भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको बिभिन्न विधाहरुमा (उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिङ्ग, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइनेछ ।

    प्रतिस्पर्धामा समावेश भएका पुष्पको विभिन्न विद्याहरुको मुल्याङ्कन बिषय विज्ञ प्राविधिकद्वारा हुनेछ । प्रतिस्पर्धामा प्रथम तथा उत्कृष्ट हुन सफल पुष्प व्यवसायीलाई मेला समुदघाटन समारोहको अवसरमा नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिनेछ ।

    साथै सदा झैं यस बर्ष पनि विगत लामो समयदेखि निरन्तर रुपमा पुष्प व्यवसाय गरिरहेको नर्सरी व्यवसायीहरु मध्ये एक जनालाई छनौट गरि मेला समुदघाटन कै अवसरमा उक्त नर्सरीलाई कदर पत्रद्वारा सम्मान गरिने कार्यक्रम समेत रहेको आयोजले जनाएको छ ।

    यस पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपुर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने छ ।

    पुष्प मेलामा मौसमी फूल, फूल फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरु, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, थोपा सिचाई प्रविधी, आधुनिक पुष्प खेती प्रबिधी, जैबिक विषादी, बिभिन्न प्रकारका गमलाहरु, पुष्प सजावटका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् ।

    घर आँगन बगैंचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सिप हासिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुका लागि यस २६ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने एशोसिएसनले विश्वास लिएको छ । 

    यस बर्ष एक्स्पोमा करिब ६० हजार अवलोकनकर्ताद्वारा अवलोकन हुने तथा एक करोड बढीको व्यवसायिक कारोबार हुने अपेक्षा आयोजकको छ । 

  • सम्बन्धित विषय:

  • # फ्लोरा एक्स्पो