बुधबार, भाद्र २४ गते २०८३
images

राप्रपाले तिर्‍यो काठमाडौं महानगरले लगाएको एक लाख जरिवाना

एक्सप्रेस पाना
फाल्गुण २६, २०८१ सोमबार
  • 373
    SHARES
  • राप्रपाले तिर्‍यो काठमाडौं महानगरले लगाएको एक लाख जरिवाना

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकाले लगाएको एक लाख जरिवाना तिरेको छ। 

    images

    आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका सार्वजनिक क्षेत्रमा फोहोरमैला गरेको र भौतिक संरचनामा पनि क्षति पुर्‍याएको भन्दै काठमाडौं महानगरपालिकाले राप्रपालाई एक लाख जरिवाना लगाएको थियो । 

    सोमबार राप्रपा नेता ज्ञानेन्द्र शाहीले उक्त जरिवाना महानगरको खातामा दाखिला गरेका हुन् । उनले आफूहरू पनि मान्छे भएको र विधिको शासन पालना गर्ने बताए । 

    images

    उनले लेखेका छन्,हामी राप्रपा सुशासन मान्छौं र विधिको शासन मान्छौं। राजाको स्वागतमा आएका लाखौं आमाबुबा दाजुभाई बहिनीहरूले हिँड्दा बाटोमा केही कुल्चिए होलान्। महानगर नगरपालिकाको निर्णयलाई हामी स्वीकार्छौं। एक लाख रुपैयाँ हामीले काठमाडौं महानगरपालिकाको खातामा दाखिला गरेका छौं।

    आइतबार राप्रपा नेता कार्यकर्ताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आइतबार विमानस्थलमा भव्य स्वागत गरेका थिए । 

  • सम्बन्धित विषय:

  • # काठमाडौं महानगर
  • # राप्रपा
  • # जरिवाना