शनिबार, भाद्र २७ गते २०८३
images

चलचित्र ‘होस्टेल ३’ को पहिलो सातामा ४ करोड ३२ लाख ग्रस कलेक्सन

एक्सप्रेस पाना
चैत्र १, २०८१ शुक्रबार
  • 304
    SHARES
  • चलचित्र ‘होस्टेल ३’ को पहिलो सातामा ४ करोड ३२ लाख ग्रस कलेक्सन

    काठमाडौं । गत शुक्रबारदेखी प्रदर्शनमा आएको चलचित्र ‘होस्टेल ३’ ले पहिलो साता ४ करोड ३२ लाख ग्रस कलेक्सन गरेको छ। 

    images

    चलचित्रका निर्देशक सशान कँडेलका अनुसार चलचित्रले बिहीबारसम्म उपत्यकामा २ करोड ३० लाख र उपत्यकाबाहिर २ करोड २ लाख कलेक्सन गरेको छ।

    युवा पुस्ता लक्षित चलचित्रमा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतले अभिनय गरेका छन्। यो उनीहरूको डेब्यु चलचित्र हो।

    images

    माधव शर्माको पटकथा तथा संवाद लेखन रहेको चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन्।

    होस्टेलमा बसेर अध्ययन गर्ने विद्यार्थीहरूको रमाइलो र संघर्षको कथामा आधारित भएर बनेको चलचित्रमा अर्जुन तिवारीको डिओपी तथा विकास दाहालको सम्पादन रहेको छ ।

  • सम्बन्धित विषय:

  • # ‘होस्टेल ३’